काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक वैशाख २ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको छ।
समितिका सचिव दिनेश थापामगरका अनुसार, सोही दिन दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्नेछ।
यसअघि चैत १८ गतेको बैठकले अनुशासन उल्लंघनका आरोपितलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो।
अनुशासन कारबाही स्वतन्त्र उम्मेदवारी दिने, पार्टी उम्मेदवारविरुद्ध प्रचार गर्ने, विपक्षलाई सहयोग गर्ने तथा ‘साइलेन्स किलिङ’ जस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि केन्द्रित हुनेछ।
प्रतिक्रिया दिनुहोस्






















