काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उनीहरूले आइतबार सार्वजनिक गरेका हुन् ।
‘रास्वपाको झण्डा नीलो, मन्त्रिपरिषद् पहेँलो’ भन्ने नारा लगाउँदै अखिल क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ ।
माइतीघर मण्डलामा भएको प्रदर्शनमा उनीहरूले मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न दबाब दिएका छन् ।
प्रदर्शनकारीहरूले मन्त्रिपरिषद् सदस्यहरूको सार्वजनिक सम्पत्तिको स्रोतबारे स्पष्टता ल्याउन र निष्पक्ष छानबिन गर्न सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले आन्दोलन गरिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















