images
images
  • गगनलाई पूर्णबहादुरको चुनौती– आवेगले कसैको क्रियाशील सदस्यता खारेज गर्न सक्दैन

    काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको विवादका बीच कडा वक्तव्य जारी गरेका छन्।

    ललितपुरस्थित बीपी स्मृति भवनबाट जारी विज्ञप्तिमा उनले क्रियाशील सदस्यता कुनै नेताको आवेग वा भाषणका आधारमा खारेज गर्न नसकिने स्पष्ट पारेका छन्।

    पञ्चायती कालमा जोखिम मोलेर प्राप्त सदस्यता लोकतान्त्रिक संघर्ष, शहीदको सम्मान र ऐतिहासिक योगदानसँग जोडिएको भन्दै त्यसलाई हल्का रूपमा लिन नहुने उनको भनाइ छ।

    सर्वोच्च अदालतमा विचाराधीन पार्टीको आधिकारिकता विवादबीच एकपक्षीय रूपमा विशेष महाधिवेशन गरेर नयाँ कार्यसमिति बनाउने प्रयासप्रति पनि खड्काले आपत्ति जनाएका छन्।

    यस्तो कदम पार्टी विधान, संविधान र कानुनविपरीत हुने उनले उल्लेख गरेका छन्।

    उनका अनुसार २०८३ वैशाख २८–३१ मा काठमाडौंमा तय १५औं महाधिवेशनको कार्यतालिकाअनुसार सदस्यता नवीकरण र वितरण भइसकेको अवस्थामा पुनः सदस्यता खारेज वा नयाँ प्रक्रिया सुरु गर्नु अवैधानिक र पूर्वाग्रही हो।

    खड्काले निर्धारित कार्यतालिकाभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै पार्टीभित्र एकता कायम राख्न र विभाजन निम्त्याउने गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images