images
images
  • लेबनानमा इजरायली आक्रमणमा ५ जनाको मृत्यु

    बेरुत– दक्षिण लेबनानमा इजरायलले गरेको आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।

    नेशनल न्युज एजेन्सीका अनुसार मृतकमध्ये एक जनाले बाजौरीयेहमा गरिएको आक्रमणमा ज्यान गुमाएका छन् ।

    उक्त आक्रमणमा कम्तीमा ९ जना घाइते भएका छन् भने धेरै घरहरू र एक विद्यालय भवनमा गम्भीर क्षति पुगेको बताइएको छ ।

    एनएनएका अनुसार, नबातियेह एल फौका र सर एल घर्बियेहमा दुई जनाको मृत्यु भएको छ भने चौकिनेमा थप दुई जनाले ज्यान गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images