images
images
  • इरान–अमेरिका वार्ताका लागि मध्यस्थता गर्दै रूस

    रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानलाई अमेरिकासँग शान्ति वार्ताका लागि मध्यस्थता गर्न आफू तयार रहेको बताएका छन् ।

    क्रेमलिनका अनुसार राष्ट्रपति पुटिनले आइतबार इरानका राष्ट्रपति मसुद पेजेस्कियानलाई फोन गरी मध्यस्थताका लागि प्रस्ताव राखेका हुन् ।

    क्रेमलिनले भनेको छ, ‘रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना इरानी समकक्षी मसुद पेजेस्कियानलाई फोन गरी मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रयासमा मध्यस्थता गर्न आफू तयार रहेको बताएका छन् ।’

    क्रेमलिनको वेबसाइटका अनुसार पुटिन र पेजेस्कियानले आइतबार फोन संवादमा इस्लामाबादमा असफल भएको अमेरिका(इरान वार्ताबारे छलफल गरेका थिए ।

    पुटिनले पश्चिम एसियामा न्यायपूर्ण र दिगो शान्ति स्थापनाका लागि राजनीतिक र कूटनीतिक माध्यमबाट मध्यस्थता गर्न र समाधान खोज्न आफू तयार रहेको बताएका छन् ।

    गत शनिबार र आइतबार पाकिस्तानमा २१ घण्टा वार्ता गरिए पनि अमेरिका र इरानबिच सहमति हुन सकेन ।

    जसले गर्दा गत मंगलबार दुई देशबिच २ साताका लागि गरिएको युद्धविराम अन्योलमा परेको छ ।

    यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान फेरि वार्तामा आओस् कि नआओस्, मतलब नभएको बताएका छन् ।

    यस्तै अमेरिकाले आजदेखि इरानस्थित जलमार्ग होर्मुज स्ट्रेटमा नाकाबन्दी लगाउने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images