काठमाडौं– इरानी अधिकारीहरूले जासुसी र सरकारविरोधी गतिविधिमा संलग्न आरोपमा दर्जनौँ व्यक्तिलाई पक्राउ गरेका छन् ।
बीबीसीका अनुसार, देशभर गरिएको कारबाहीमा ५० जना पक्राउ परेका छन् र उनीहरूमाथि मुद्दा दर्ता गरी सम्पत्तिसमेत जफत गरिएको छ ।
सुरक्षा निकायका अनुसार, गुप्त सूचनाका आधारमा संवेदनशील जानकारी शत्रुसम्म पुर्याउने संगठित सञ्जाल भत्काइएको हो ।
पक्राउ परेकाहरूबाट इलेक्ट्रोनिक उपकरण, स्याटेलाइट डिभाइस, हतियार र गोली बरामद गरिएको छ ।
यसैबीच, गिलान प्रान्तमा आईआरजीसीले ‘अमेरिका–जायोनिस्ट नेटवर्क’सँग जोडिएको आरोपमा १०२ जनालाई पक्राउ गरेको जनाएको छ ।
मोसादसँग सम्बन्धित भनिएका चार जना पनि नियन्त्रणमा लिइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















