images
images
  • इरानलाई सैन्य सहयोग नगर्न ट्रम्पको चेतावनी, भने– चीनमा ५० प्रतिशत शुल्क लाग्छ

    काठमाडौं– अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानलाई सैन्य सहयोग नगर्न चेतावनी दिएका छन् ।

    यस्तो सहयोग पुष्टि भए ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने उनले बताएका छन् ।

    ट्रम्पले नेटोप्रति असन्तुष्टि जनाउँदै अमेरिका अपेक्षित साथ नपाएको बताएका छन् ।

    साथै, होर्मुज स्ट्रेटमा बारुदी सुरुङ हटाउन बेलायतसहितका देशहरूले जहाज पठाउने जानकारी दिएका छन् ।

    उनले इरानविरुद्ध आवश्यक परे सैन्य कारबाही गर्न अमेरिका पूर्ण रूपमा तयार रहेको उल्लेख गरेका छन् ।

    अमेरिकाले इरानका बन्दरगाह लक्षित गर्दै नौसैनिक नाकाबन्दी घोषणा गरेको छ ।

    तनाव बढेसँगै एसियाली सेयर बजारमा गिरावट देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images