images
images
  • को–को मन्त्रीको सम्पत्ति कति ? (विवरणसहित)

    काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

    नयाँ सरकारका मन्त्रीहरूले विवरण नखुलाएको भन्दै उठेका प्रश्नबीच सार्वजनिक गरिएको विवरणपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् ।

    विशेषगरी मन्त्रीहरूको सुन–चाँदी तथा गरगहनाको विवरणबारे चर्चा भइरहेको छ ।

    उद्योगमन्त्री गौरी कुमारीको सबैभन्दा धेरै १८० तोला सुन देखिएको छ भने प्रधानमन्त्री बालेनले १९० तोला गरगहना उल्लेख गरेका छन्, तर त्यसको प्रकार खुलाइएको छैन ।

    अन्य मन्त्रीहरूमा गृहमन्त्री सुधन गुरुङ (८९ तोला), श्रममन्त्री रामजी यादव (८० तोला), अर्थमन्त्री स्वर्णिम वाग्ले (४५ तोला), भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र स्वास्थ्यमन्त्री निशा मेहता (३०–३० तोला) रहेका छन् ।

    यसैगरी संघीय मामिला मन्त्री प्रतिभा रावल र शिक्षामन्त्री सस्मित पोखरेल (२५–२५ तोला), परराष्ट्रमन्त्री शिशिर खनाल (२२ तोला), महिला तथा बालबालिकामन्त्री सीता वादी (१८ तोला) छन् ।

    ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र कानुनमन्त्री सोविता गौतम (१५–१५ तोला), पर्यटनमन्त्री खडकराज पौडेल (११ तोला), सञ्चारमन्त्री विक्रम तिमिल्सिना (करिब ७ तोला) र कृषिमन्त्री गीता चौधरी (५ तोला) रहेको विवरणमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images