images
images
  • मन्त्री सीता वादीको सम्पत्ति : सुन १८ तोल, सुर्खेतमा जग्गा

    काठमाडौं- महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको २० वटा कुखुरा र एउटा कुकुर रहेको पाइएको छ ।

    आइतबार सार्वजनिक सम्पत्ति विवरणमा उनले यस्तो उल्लेख गरेकी छन् ।

    मन्त्री वादीले आफूसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

    उनको श्रीमान्‍सँग पल्सर मोटरसाइकल रहेको उल्लेख छ ।

    नगद ५० हजार रुपैयाँ र बैंककमा उनी र श्रीमानको नाममा १५ लाख रुपैयाँ रहेको उल्लेख छ ।

    मन्त्री वादीसँग सुन १८ तोला र चाँदी १५ तोला रहेको छ ।

    उक्त सुन(चाँदी विवाहमा प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

    मन्त्री वादीको नाममा सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ

    प्रतिक्रिया दिनुहोस्
    images
    images