images
images
  • गृहमन्त्री सुधन गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा

    काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा १९ रोपनी १५ आना जग्गा रहेको पाइएको छ ।

    आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख छ ।

    उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ ।

    गृहमन्त्री गुरुङको पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर-१८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसल गुरुङको (बाँडफाँट नभएको) नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images