images
images
  • चीनबाट आइपुग्यो १० लाख डोज भेरोसेल खोप, थप १० लाख डोज भोलि आउँदै

    काठमाडौं । कोभिड १९ विरुद्धको थप १० लाख डोज भेरोसल खोप आज अपरान्ह काठमाडौं आइपुगेको छ ।

    बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज राती ११ बजे बेइजिङ उड्दैछ । भोलि दिउँसो २ बजे उक्त जहाज काठमाडौं फर्कनेछ ।

    बाँकी डोज ल्याउन शनिबार उक्त जहाज पुनः शनिबार बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images