images
images
  • बैंककबाट आएका दुई भारतीय नागरिक सात केजी गाँजासहित होटेलबाट परे पक्राउ

    काठमाडौं- बैंककबाट आएका दुई भारतीय गाँजासहित पक्राउ परेका छन्।

    लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) को टोलीले मोसिन खान र मोहम्मद गांगुलाई विमानस्थल छेउको होटलबाट पक्राउ गरेको हो।

    उनीहरूमध्ये खान शनिबार बैंककबाट फर्किएका हुन् भन गांगु बिहीबार फर्किएका थिए।

    दुवैजना होटेलको एउटै कोठामा बसेको अवस्थामा पक्राउ गरिएको र उनीहरूको झोलाबाट सात केजी गाँजा बरामद भएको ब्युरोका डिएसपी जीवन निरौलाले बताए।

    बैंककबाट काठमाडौं हुँदै गाँजा तस्करी गर्न खोज्ने भारतीयहरू बारम्बार विमानस्थलमा पक्राउ पर्दै आएका छन्।

    भारतमा बैंककको गाँजाको उच्च माग हुने भएकाले नेपाल हुँदै तस्करी हुने गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images