images
images
  • सोमबार के को अप्रेसन गर्दैछन् केपी ओली ?

    काठमाडौं- नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गडबडी नभए सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी भएको छ ।

    अस्पतालका अनुसार शुक्रबारसम्म सबै जाँच गर्दा रिपोर्टहरू नर्मल देखिएकाले सोमबारका लागि शल्यक्रिया गर्ने गरी तयारी गरिएको हो ।

    त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा।सुवास आचार्यले पूर्व प्रधानमन्त्री ओलीको पित्त थैलीको शल्यक्रियाका लागि तयारी भइरहेको भन्दै सोमबारसम्म स्वास्थ्यमा कुनै उत्तारचढाव नआए सोही मितिमा गरिने बताए ।

    ‘रिपोर्टहरू नर्मल रहेका छन् । तर यो बिचमा कुनै उत्तारचढाव भएन भने सोमबार शल्यक्रियाको तयारी भएको छ’, डा. आचार्यको भनाइ छ ।

    जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिस बमोजिम ओली गत चैत १४ पक्राउपछि अस्पताल भर्ना भएका थिए ।

    तर उनलाई चैत २६ गते सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो ।

    थुनामुक्त भए पनि उनी त्रिवि शिक्षण अस्पतालमै उपचाररत छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images