images
images
  • इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको चेतावनी, भने– समस्या पर्न सक्छ

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नदिन चीनलाई चेतावनी दिएका छन् ।

    अमेरिकी खुफिया सूचनाका आधारमा केही मिडियाले चीनले इरानलाई एयर डिफेन्ससम्बन्धी हतियार पठाउने तयारी गरेको बताएका छन् ।

    यस विषयमा प्रतिक्रिया दिँदै ट्रम्पले चीनले यस्तो कदम चालेमा ठूलो समस्या पर्ने चेतावनी दिएका हुन् ।

    यसअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए भने हालै भएको युद्धविरामपछि पनि पाकिस्तानमा भएको वार्ता निष्कर्षविहीन बनेको छ ।

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सका अनुसार इरानले अमेरिकी सर्त अस्वीकार गरेको छ ।

    दुवै पक्षले एकअर्कालाई कडा र अव्यावहारिक माग राखेको आरोप लगाउँदै द्वन्द्व फेरि चर्किने संकेत देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images