काठमाडौं– दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बाएबि ५२८१ नम्बरको कार दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी सुरज खड्का (३४) को घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रानीमडाँडा क्षेत्रको केरावारी–सितचोक नजिक सडकबाट कार करिब ७ सय मिटर तल खसेको थियो ।
दुर्घटनाग्रस्त सवारी साधन निकाल्ने प्रयास जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्






















