काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि वैशाख ४ गते निर्वाचन गर्ने तयारी गरेको छ ।
निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’का अनुसार वैशाख २ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरिनेछ भने निर्धारित मितिमा मतदान सम्पन्न हुनेछ ।
उनले सर्वसम्मतिबाट नेतृत्व चयन हुन नसके प्रतिस्पर्धात्मक निर्वाचनमार्फत दलको नेता छनोट गरिने स्पष्ट पारे ।
प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ जना सांसद रहेका छन् ।
संसदीय दलको नेता बन्न पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे तथा सांसदहरू मोहन आचार्य, निश्कल राई र बासना थापालगायत आकांक्षी देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















