images
images
  • कर्मचारीले पर्यटन काज बिदा घरपायक जिल्ला रोज्न नपाउने

    काडमाडौ । कर्मचारीले १० दिने पर्यटन काज बिदा घरपायक रोज्न नपाउने भएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चालू आर्थिक वर्ष ०७८र७९ को बजेट वक्तव्यमा घोषणा भएअनुसार १० दिने पर्यटन काज बिदा दिने तयारी गरिएको हो ।

    त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन काज बिदासम्बन्धी कार्यविधि’लाई अन्तिम रूप दिने तयारी गरेको हो ।

    कार्यविधिको प्रारम्भिक मस्यौदामा ‘कर्मचारीले स्थायी ठेगाना भएका तथा ससुराली जिल्लामा पर्यटन काज रोज्न नपाउने’ उल्लेख छ । मस्यौदामाथि सचिव यादवप्रसाद कोइरालासहितका अधिकारीसँग छलफल भइसकेको र चाँँडै टुंगो लगाइने पर्यटन महाशााखा प्रमुख लक्ष्मी बस्नेतले जानकारी दिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images