images
images
  • थप २ हजार ८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

    काठमाडौं । छिल्लो २४ घण्टामा देशभर थप २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७१५ पीसीआर परीक्षणमा १ हजार ९१८ र ३ हजार ९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १हजार ४७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ ।

    काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images