images
images
  • थप खोप लिन आज निगमको जहाज चीन जाँदै

    काठमाडौँ । कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लिन नेपाल वायु सेवा निगमको जहाज आज राति चीन जाँदैछ।

    चीनसँग खरिद गरिएको खोप लिन बुधबार राति ११ बजे जहाज चीन पठाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    आज राति चीन प्रस्थान गर्ने जहाज खोप लिएर भोली ९बिहीबार० दिउँसो २ बजे नेपाल आइपुग्ने कार्यतालिका छन्। त्यसैगरी भोली राति ११ बजे फेरि सोही जहाज बाँकी खोप लिन चीन जाने पौडेलले जानकारी दिए।

    चीनबाट अनुदानसहित ४८ लाख डोज खोप नेपाल आउने निश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख डोज खोप नेपाल ल्याइ​सक्ने तयारी छ।

    पछिल्लो समय चीनले थप १८ लाख डोज खोप अनुदानमा दिएको छ। गएको असार २५ गते आठ लाख मात्रा खोप नेपाल ल्याइएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images