images
images
  • नेप्से परिसूचक ओरालोमा, बजार पूँजीकरण ४१ खर्ब ५३ अर्ब

    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.०१ अङ्कले ओरालो लागेर दुई हजार ९८५.५७ मा ओर्लेको छ । आइतबार र सोमबार भने नेप्से उकालो लागेको थियो । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८२ अङ्कले ओरालो लागेर ५५८.११ मा ओर्लेको छ ।

    कूल २१९ कम्पनीको तीन करोड १६ लाख आठ हजार १९३ कित्ता शेयर रु सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण रु ४१ खर्ब ५३ अर्ब सात करोड ९० लाख ३४ हजार ३०२ को हाराहारीमा पुगेको छ ।

    कारोवार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार १२.३८, होटल तथा पर्यटन ६०.२१, जलविद्युत् ३५.८९, उत्पादन १४।३६ र सामूहिक लगानी कोष १.०२ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ०.७४, विकास बैंक ३८.२२, वित्त ३२.२२, निर्जीवन बीमा १८८.१६, अन्य २६।४२, लघुवित्त २७.११, जीवन बीमा १२६.९५ र लगानी १.११ बिन्दुले ओरालो लागेको छ ।

    कारोवारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३८ करोड ७८ लाख २० हजार ९६८ बराबरको कारोवार भयो । अरुण भ्याली हाइड्रोपावर रु २६ करोड ९८ लाख ४१ हजार २३९, नेपाल इन्स्योरेन्स रु २४ करोड १८ लाख २७ हजार ५१, एनआइसी एशिया बैंक रु २३ करोड ४९ लाख ६९ हजार ९१३ र कृषि विकास बैंक रु २२ करोड ७४ लाख ८५ हजार ९५७ बराबरको कारोवार भई शीर्ष स्थानमा पुगे ।

    कारोवारका आधारमा लक्ष्मी उन्नति कोष १०.०४, लक्ष्मी इक्विटी फण्ड १०.०१, बरुण हाइड्रोपावर ९.३९, माउण्टेन हाइड्रोपावर ९.२८ र ग्लोबल आइएमई समुन्न्त स्किम–एकका लगानीकर्ताले ८.९२ प्रतिशतले कमाए । आइसिएफसी फाइनान्सको ऋणपत्र ६.१७, नेपाल इन्स्योरेन्स ४.७८, समिट लघुवित्त वित्तीय संस्था २.९१, एचआइडिसिएल २.८६ र पोखरा फाइनान्सका लगानीकर्ताले २.८१ प्रतिशतले गुमाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images