images
images
  • पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

    काठमाडौं– सरकारले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट दिने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत छूट दिने निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।

    मन्त्री रावलका अनुसार, पट्रोल, डिजेल र मट्टितेलमा लाग्दै आएको भन्सार महसूल र पूर्वाधार करमा छुट दिने निर्णय भएको हो ।

    यसले पेट्रोलियम पदार्थको मूल्य वृद्धि रोक्न सहयोग पुग्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images