images
images
  • अशोक दर्जीलाई साथमा लिएर नीताले सुरु गरिन् ‘पार्वती’को छायाकंन

    काठमाडौं– अभिनेत्री नीता ढुंगानाको डेब्यु निर्देशनमा बन्न लागेको नयाँ नेपाली चलचित्र ‘पार्वर्ती’को छायांकन कास्कीको माछापुच्छ्रे गाउँपालिका, मिर्सा गाउँ (वडा नं. १) मा मंगलबार शुभ(मुहूर्तसँगै सुरु भएको छ ।

    चलचित्रमा नीता स्वयं मुख्य भूमिकामा देखिनेछिन् भने बालगायक अशोक दर्जी पनि प्रमुख पात्रमा छन् । उनीहरूले अघि चलचित्र ‘मन बिनाको धन’मा सँगै काम गरिसकेका छन् ।

    नीता ढुङ्गाना फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्र सामाजिक कथावस्तुमा आधारित रहेको निर्माण पक्षले जनाएको छ । यसअघि सोही ब्यानरबाट ‘ह्रस्वदीर्घ’ निर्माण भएको थियो ।

    निर्माता हरिहर अधिकारी रहेका चलचित्रमा दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय रहनेछ । कथा र पटकथा नीता ढुंगानाले लेखेका हुन् भने संवाद शिवम् अधिकारीले तयार पारेका छन् ।

    नीता चलचित्रमा अटिजम भएका युवतीको भूमिकामा देखिनेछिन् । उनी भन्छिन्, “यो हास्य, भावना र सामाजिक सन्देश मिसिएको कथा हो, जसमा जीवनका रंग, सम्बन्धका मिठास र संघर्षको भाव प्रस्तुत गरिएको छ ।”

    सुदिप बराल डीओपी, सरोज अधिकारी क्रियटिभ निर्देशक, शंकर पाण्डे प्रोडक्सन प्रमुख एवं कार्यकारी निर्माता, र साहिल खान सम्पादक रहेका छन् । चलचित्र रक्षा बन्धनको अवसरमा भदौ १२ मा प्रदर्शन हुने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images