images
images
  • कलाकार ‘बले’को १७ वर्षको प्रतिष्ठा १७ सेकेन्डमै धुलोपीठो

    काठमाडौं– सामाजिक सञ्जालमा लागेको बलात्कार आरोपपछि पक्राउ परेका कलाकार सागर लम्साल ‘बले’लाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

    हालसम्म औपचारिक जाहेरी नपरेकाले प्रहरीले ‘अभद्र व्यवहार’को कसुरमा अनुसन्धान गरिरहेको छ ।

    अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत एक वर्षअघि अमेरिकामै आफू बलात्कृत भएको दाबी गरेकी थिइन् ।

    प्रहरीले उनलाई बूढानीलकण्ठबाट नियन्त्रणमा लिएर बयानपछि म्याद थप गराएको हो ।

    यस घटनाले बलेको करियरमा ठूलो असर परेको छ, उनी फिल्म ‘पाँच पाण्डव’बाट हटाइएका छन् भने ‘डल्लेले इन्ट्री मार्यो’को प्रदर्शन पनि अनिश्चित बनेको छ ।

    प्रहरीले युवतीसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ । जाहेरी परे मुद्दा बलात्कारतर्फ अघि बढ्नेछ, नत्र ‘अभद्र व्यवहार’मै सीमित रहने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images