images
images
  • सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार, भट्ट मन्त्री नियुक्त

    धनगढी– सुदूरपश्चिम प्रदेश सरकारमा दोस्रो पटक मन्त्री बनेका शिवराज भट्ट यतिबेला चर्चामा छन् ।

    बैतडीबाट निर्वाचित नेपाली कांग्रेसका नेता भट्टले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

    बैतडीको दशरथचन्द–२ मा जन्मिएका भट्ट पाँच दशकदेखि सक्रिय राजनीतिमा छन् ।

    उनले विद्यार्थी राजनीतिबाट यात्रा सुरु गर्दै २०४६ को जनआन्दोलनसहित विभिन्न आन्दोलनमा भूमिका खेलेका थिए ।

    जिल्ला सभापति, महासमिति सदस्य हुँदै प्रदेश सभा सदस्य बनेका उनी यसअघि पनि मन्त्री भइसकेका छन् ।

    बीपी कोइरालाको विचार र शेरबहादुर देउवाको नेतृत्वबाट प्रभावित भट्टले राजनीतिक उतारचढावका बीच निरन्तर सक्रियता देखाएका छन् ।

    हाल विवादित बनेको मन्त्रालय सम्हाल्दै उनले समस्या समाधानमा केन्द्रित भएर काम गर्ने बताएका छन् ।

    सुदूरपश्चिमको पर्यटन, वन र उद्योग क्षेत्रको सम्भावना उपयोग गर्दै जनताले महसुस गर्ने गरी काम गर्ने उनको प्रतिबद्धता छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images