images
images
  • अब विमानस्थलमा टिकटको बिल अनिवार्य देखाउनु पर्ने व्यवस्था

    काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले अब विमानस्थलमा टिकटको बिल पनि अनिवार्य देखाउनु पर्ने व्यवस्था गरेको छ ।

    वैदेशिक रोजगार विभागले सोमबार सूचना जारी गर्दै २९ चैतदेखि यस्तो व्यवस्था लागु हुने जानकारी दिएको हो ।

    यो व्यवस्था व्यक्तिगत र म्यानपावर कम्पनीमार्फत जाने दुवै श्रमिकका हकमा लागु हुने विभागले जानकारी दिएको छ ।

    त्यस्तै, विभागले म्यानपावर कम्पनीमार्फत जाने श्रमिकले आफूले तिरेको सेवा शुल्कको आधिकारिक रसिद पनि साथमा राख्नु पर्ने जनाएको छ ।

    विभागले इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूलाई श्रमिकबाट लिएको रकमको भौचर वा रसिद अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

    विभागले यो व्यवस्था श्रमिकको पारदर्शिता र ठगी नियन्त्रणका लागि लागू गरिएको जनाएको छ।

    bai 8Zs8QMQakd

    प्रतिक्रिया दिनुहोस्
    images
    images