images
images
  • इन्टर्नलाई न्यूनतम पारिश्रमिक नदिए कारबाही गर्ने श्रम मन्त्रालयको चेतावनी

    काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक तथा कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र कानुनबमोजिमका सेवा सुविधा नदिने रोजगारदाता तथा संस्थाहरूलाई कडा चेतावनीसहित सचेत गराएको छ ।

    मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष गरी अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालयलगायतका विभिन्न प्रतिष्ठानहरूमा कानुनको उल्लङ्घन भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा ‘इन्टर्न श्रमिक’को रूपमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्सिङ स्टाफ, निजी विद्यालयका शिक्षक, कर्मचारी र अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिहरूले तोकिए बमोजिमको न्यूनतम पारिश्रमिक तथा सुविधाहरू नपाएको भन्दै मन्त्रालयमा उजुरी र गुनासाहरू बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो ।

    मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १८ को उपदफा (३) को कानुनी व्यवस्थालाई स्मरण गराउँदै इन्टर्नको रूपमा काममा लगाइएका व्यक्तिहरूलाई पनि रोजगारदाताले अनिवार्य रूपमा सेवा सुविधा दिनुपर्ने स्पष्ट पारेको छ ।

    कानुनअनुसार तालिमी श्रमिकलाई पनि कम्तीमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष, बीमालगायतका सामाजिक सुरक्षामा कुनै कमी नहुने गरी सुविधा दिनुपर्ने व्यवस्था रहेको मन्त्रालयले प्रस्ट पारेको छ ।

    मन्त्रालयले कानुनको अटेरी गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिएको छ ।

    यस्तो छ प्रेस विज्ञप्ति

    660965419 2668444280208985 5658097815516032513 n O8dzNQ7krE

    प्रतिक्रिया दिनुहोस्
    images
    images