images
images
  • ओली–लेखक पक्राउ विधिसम्मत, उन्मुक्ति दिन मिल्दैन : सरकार

    काठमाडौं– जेनजी आन्दोलनमा दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि भएको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सरकारको पक्षको बहस जारी छ।

    सरकारको तर्फबाट बहसमा सहभागी नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले न्यायाधीश विनोद शर्मा र सुनिल पोखरेलको इजलासमा ओली र लेखकको गिरफ्तारी कानूनी दायराभित्र भएको स्पष्ट पारे।

    रेग्मीले शान्ति सुरक्षा कायम राख्ने क्रममा भएका घटनाको अनुसन्धान र जिम्मेवारी सरकारका पदाधिकारीले लिनुपर्ने सर्वोच्च अदालतको पूर्वनिर्णयलाई उद्धृत गर्दै पक्राउ जायज भएको तर्क गरे। उनले सर्लाहीमा कुमार पौडेल हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुख र सिडिओलाई जिम्मेवार ठहर गरिएको उदाहरण पनि पेश गरे।

    उनले भने, प्रधानमन्त्री र गृहमन्त्री राजनीतिक पदमा भएकाले स्वतः उन्मुक्ति मिल्दैन र सरकारले अनुसन्धान गर्न सक्ने अधिकार राख्छ।

    साथै, सरकारले ओली र लेखकमाथि पूर्वाग्रह नराखेको र गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयनका क्रममा गरिएको धरपकड मात्र भएको बताए।

    रेग्मीले विधिसम्मको कारबाहीलाई सेलेक्टिभ वा प्रतिशोधपूर्ण भन्न नमिल्ने पनि जोड दिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images