images
images
  • कम्बोडियामा बिनाभिसा बसिरहेका ७ जना नेपालीको उद्धार

    काठमाडौं– नेपाली दूतावास बैंककले कम्बोडियामा बिनाभिसा बसिरहेका ७ जना नेपालीको उद्धार गरी नेपाल फर्काएको छ । उद्धार कार्य कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघ को सहकार्यमा गरिएको हो ।

    दूतावासका अनुसार ती नेपालीहरूलाई अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमार्फत हुने ठगीजस्ता गैरकानुनी काममा लगाइएको थियो। केही नेपाली अझै अलपत्र रहेको सूचना आएको र उनीहरूको उद्धारका लागि प्रयास जारी रहेको पनि दूतावासले जनाएको छ।

    स्क्यामिङ केन्द्रमा काम गराइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा हराउने समस्या देखिएको छ। उद्धारका लागि दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउँदै आएको छ।

    दूतावासले वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रूपमा श्रम स्वीकृति लिएर मात्र जान नागरिकलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images