images
images
  • पुलिसले चलाएको गोली लागेका युवकको मृत्यु

    काठमाडौं– कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

    महाराजगञ्ज नगरपालिका–भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको उपचारको क्रममा आज बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले नेपालखबरलाई जानकारी दिए ।

    अवस्था सामान्य बन्दै गएको भन्दै उनलाई चिकित्सकले वार्डमा सारेका थिए। वार्डमै उनको मृत्यु भएको हो ।

    यही चैत ७ गते वरगदा गाउँमा हिन्दु–मुस्लिम समुदायबीच भएको झडपपछि स्थिति तनावग्रस्त बनेको थियो ।

    सोही क्रममा भीड नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मी चलाएको गोली पेटमा लागेर यादव घाइते भएका थिए ।

    गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि चितवन लगिएको थियो ।

    डीएसपी सिंहले अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र शशस्त्र प्रहरीले फायरिङ गरेको बताउँदै उनलाई कस्को गोली लाग्यो भन्ने अनुसन्धानकै क्रममा रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images