images
images
  • सर्वदलीय बैठक आह्वान, एमाले सहभागी होला ?

    काठमाडौं– दलहरूबीच सहमति कायम गर्ने उद्देश्यले संघीय संसद् सचिवालयले आह्वान गरेको सर्वदलीय बैठक आज (सोमबार) बिहान ११ बजे बस्दैछ ।

    संसद् सञ्चालनलाई सहमतिमूलक बनाउने र आगामी कार्यसूची टुंग्याउने लक्ष्यसहित बैठक बोलाइएको हो ।

    बैठकमा संसद्को कार्यतालिकालाई अन्तिम रूप दिने तथा सदनको कामकारबाहीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

    संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभाको पहिलो बैठकमा पेस गरिएका तीनवटा अध्यादेश स्वीकृतिका लागि प्रस्ताव अघि बढाउने तयारी गरिएको छ ।

    यस्तै, सदनको कार्यसम्पादनलाई व्यवस्थित बनाउन ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images