images
images
  • पक्राउ परेका ओली–लेखक आज छुट्लान् ?

    काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज पनि सुनुवाइ हुँदैछ ।

    न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा हिजो मुद्दाको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

    निवेदकतर्फबाट वकालतनामा बुझाएका कानुन व्यवसायीहरूको संख्या धेरै भए पनि आइतबार कार्यालय समय सकिएपछि इजलासले उनीहरूको बहस टुंग्याएको थियो ।

    आज प्रतिवादीका तर्फबाट सरकारी वकिलहरूले बहस गर्नेछन् ।

    त्यसपछि निवेदक पक्षले जवाफी बहस गर्नेछ ।

    रिट निवेदक पक्षका वकिलहरूले पक्राउको कानुनी तथा संवैधानिक आधार नभएको जिकिर गरेका छन् ।

    गत शनिबार पक्राउ परेका दुवैजनाको हिजो तेस्रोपटक म्याद थप गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images