images
images
  • कांग्रेस इतरपक्ष देउवा–कोइराला समूह फुट्यो

    काठमाडौं– नेपाली कांग्रेसभित्रको विवाद चुलिँदै जाँदा नेता शेखर कोइराला पक्षले पूर्णबहादुर खड्काले बोलाएको समानान्तर बैठकमा सहभागी नहुने निर्णय गरेको ।

    उनीहरूले अदालतको प्रक्रिया कुर्नु पर्याप्त भइसकेको भन्दै अब पार्टी एकताका लागि औपचारिक संवाद सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

    कोइराला पक्षले पार्टी एकताका लागि नेतृत्व सभापति गगन थापाले लिनुपर्ने बताएको छ ।

    उनीहरूको धारणा अनुसार अलग–अलग गतिविधिले पार्टीलाई कमजोर बनाउने भएकाले साझा संवादमार्फत समाधान खोजिनुपर्छ ।

    निर्वाचनपछि शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि चलाउँदै आएपछि विवाद थप गहिरिएको हो ।

    अनुशासन समितिले खड्कालाई चेतावनी दिइसकेको अवस्थामा अब दुवै पक्षभित्रै एकताका लागि दबाब बढ्दै गएको छ ।

    देउवा समूहभित्र पनि संवादमार्फत समाधान खोज्नुपर्ने आवाज उठ्न थालेको छ ।

    नेताहरूले पार्टी विभाजनभन्दा सहमति र एकतामै जोड दिनुपर्ने बताएका छन् ।

    आगामी महाधिवेशनलाई ध्यानमा राख्दै विवाद समाधानका लागि अनौपचारिक संवादसमेत सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images