images
images
  • स्कुल बसका चालक नै मादक पदार्थको नशामा

    काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सोमबार बिहान गरिएको ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ का क्रममा १२ जना चालकहरू मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा पक्राउ परेका छन्।

    यात्रु र विद्यार्थी बोक्ने जस्तो संवेदनशील जिम्मेवारी भएका चालकहरू नै नशामा लठ्ठिएर सवारी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कडा कारबाही प्रक्रिया अघि बढाएको हो ।

    बिहानै गरिएको चेकिङका क्रममा कारबाहीमा पर्नेहरूमा सबैभन्दा भयावह अवस्था सार्वजनिक र शैक्षिक संस्थाका सवारी चालकको देखिएको छ।

    पक्राउ पर्नेमा दुईवटा यात्रुवाहक बस, एउटा विद्यालयको बस, दुईवटा मिनि ट्रक, एउटा सुमो, एउटा माइक्रो र एउटा टेम्पोका चालक रहेका छन्।

    त्यस्तै, एउटा पर्यटक भ्यान र तीनवटा निजी कारका चालकले पनि मापसे गरेर सवारी चलाएको फेला परेको ट्राफिक प्रहरीले जनाएको छ।

    बिहानको समयमा विद्यालय जाने बालबालिका र कार्यक्षेत्रमा निस्कने यात्रुहरूको सुरक्षालाई बेवास्ता गर्दै चालकहरूले यस्तो लापरबाही गरेको देखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images