काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव राम कुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
आम निर्वाचन २०८२ मा पार्टीले एक सिट पनि जित्न नसकी शून्यमा झरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा घोषणा गरेका हुन् ।
एक विज्ञप्ति जारी गर्दै शर्माले मधेस आन्दोलनको जगमा स्थापित ५२ सिटको पार्टी शून्यमा खुम्चिनुलाई ‘सामूहिक अयोग्यता र अक्षमताको प्रमाण’ भनेका छन्।
उनले जनताको जनादेशलाई स्वीकार गर्दै नैतिकताको आधारमा राजीनामा दिएको बताए ।
शर्माले निर्वाचनमा बालेन्द्र साह नेतृत्वको रास्वपाको जितलाई विगतका दलहरूको कुशासन, भ्रष्टाचार र बेथितिविरुद्धको जनमतको रूपमा व्याख्या गरेका छन् ।
उनले आफूलाई जिम्मेवारी दिने पार्टी अध्यक्ष उपेन्द्र यादवप्रति आभार व्यक्त गर्दै पदत्याग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्























