images
images
  • केपी ओली र रमेश लेखकलाई थप ५ दिन हिरासत राख्ने

    काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार पाँच दिन म्याद थप गरेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

    ‘ओली र लेखकलाई हिरासतमा राखी उपयुक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि चैत २१ गतेदेखि लागु हुने गरी ५ दिन म्याद थपको अनुमति प्रदान गरिएको छ,’ आदेशमा भनिएको छ।

    ज्यान सम्बन्धी कसुरको अनुसन्धानको क्रममा दुबै जनाको बयान सकिसकेको छ।

    यद्यपि थप अनुसन्धान गर्ने, प्रमाण बुझ्ने समेतका कार्यहरू गर्न बाँकी रहेको भन्दै अदालतले अनुसन्धानका लागि भनेर म्याद अनुमति दिएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images