images
images
  • सर्वोच्च अदालतका शाखा अधिकृत दोषी ठहर

    काठमाडौं- सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट लिखित सम्बन्धी कसुरमा दोषी ठहर भएका छन् ।

    जिल्ला अदालतल काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले आइतबार विष्टलाई लिखित सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो ।

    दोषी ठहर भएका विष्टलाई सजाय निर्धारणका लागि अर्को इजलासमा पेस गरिनेछ ।

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने गरेपछि विष्टलाई प्रहरीले २०८२ बैशाख १९ गते पक्राउ गरेर अनुसन्धानपछि जिल्ला अदालतमा लिखित कसुरमा मुद्दा दर्ता गरेको थियो ।

    उनीविरुद्ध मुलुकी अपराध संहिता-२०७४ को दफा २७६ (३) को ‘क’ र ‘ख’ सँग सम्बन्धित कसुरमा अनुसन्धान भएको थियो ।

    मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ (३) को ‘क’ र ‘ख’ अनुसार अदालतको फैसला र आदेश किर्ते गर्न मिल्दैन ।

    सो कसुर गर्नेलाई ८ वर्ष कैद र ८० हजार जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images