images
images
  • केपी ओलीले के भने बयानमा ?

    काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला अदालत काठमाडौंमा बयान दिएका छन् ।

    अघिल्लो शनिबार पक्राउ परेका ओलीले अदालतमा दिएको बयानमा आफूलाई घटनासँग जोड्ने कुनै आधार नरहेको बताएका छन्।

    उनले प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा गोली चलाउने आदेश नदिने दाबी गरेका छन् ।

    उनले आपत्कालीन अवस्थामा सेनासँग सहयोग माग्दा अपेक्षित समन्वय हुन नसकेको र त्यसले जटिल अवस्था सिर्जना भएको बयानमा उल्लेख गरेका छन् ।

    जेनजी आन्दोलनका क्रममा भएको झडपमा मानवीय क्षति भएपछि घटनाको जिम्मेवारीबारे विवाद छ।

    बालेन शाह नेतृत्वमा सरकार बनेसँगै गौरीबहादुर कार्की आयोगको सिफारिसअनुसार पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो ।

    ओलीको बयान 

    प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिने व्यवस्था नभएको भन्दै आफू दोषी नभएको दाबी

    आपत्कालीन अवस्थामा सेनासँग सहयोग माग्दा अपेक्षित समन्वय हुन नसकेको र त्यसले जटिल अवस्था सिर्जना भएको उल्लेख

    आन्दोलनका क्रममा मानिसको मृत्यु भएको खबर सुन्दा आफू अचम्मित भएको र घटनाबारे गम्भीर प्रश्न उठेको टिप्पणी

    शान्तिपूर्ण भनिएको आन्दोलनमा निषेधाज्ञा किन तोडियो भन्ने विषयमा छानबिन आवश्यक रहेको भनाइ

    राज्यको सम्पत्ति जलाउनेदेखि भीड उत्तेजित पार्नेसम्म सबैमाथि निष्पक्ष कारबाही हुनुपर्ने माग

    राष्ट्रहितमा बोलेको र काम गरेको कारण विभिन्न स्वार्थ समूहबाट आरोप खेप्नुपरेको दाबी

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images