images
images
  • अन्तरिक्ष यात्रीको गुनासो : चन्द्र यात्रामा नासाले पठाएको यानको शौचालयबाट दुर्गन्ध आयो

    काठमाडौं- अमेरिकी अन्तरिक्ष संस्था नासाले आधा शताव्दी पछि चन्द्रमामा मानव सहितको यान पठाएको छ।

    नासाले बुधबार फ्लोरिडाबाट तीन अमेरिकी र एक क्यानडेली अन्तरिक्ष यात्रीहरू सहित आर्टेमिस २ पठाएको छ।

    दश दिनको यो मिसनमा सो यान चन्द्रमाको कक्षमा पुगेर पछिल्लो भागको नजिक जानेछ।

    तर ओरियन क्याप्सुलमा रहेको शौचालयमा समस्या आएपछि यो मिसनमा गएका अन्तरिक्ष यात्रीहरूलाई अफ्ठ्यारो परेको छ।

    सो शौचालयमा अहिले पिसाब गर्न नमिल्ने भएको छ।

    शौचालयमा बुधबारदेखि नै समस्या आएको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ।

    अन्तरिक्ष यानहरू पिसाब बाहिर फ्याँक्न मिल्ने गरी बनाइएको हुन्छ।

    दिसा मात्रै जम्मा गरेर भित्रै राखिन्छ। तर ओरियन क्याप्सुलको पिसाब फाल्ने प्रविधिमा अहिले समस्या आएको हो।

    दिसा गर्न भने केही समस्या नभएको नासाले जनाएको छ।

    चिसोका कारण बरफ जमेकाले पिसाब फाल्ने पाइपमा समस्या आएको हुन सक्ने नासाले अनुमान गरेको छ।

    यानको भुइँमा बनाइएको शौचालयबाट दुर्गन्ध आएको पनि अन्तरिक्ष यात्रीहरूले गुनासो गरेको नासाले जानकारी दिएको छ।

    पिसाब फाल्न नमिलेकाले पिसाब जम्मा गर्ने थैलीहरूको मितव्ययी प्रयोग गर्न नासाले अन्तरिक्ष यात्रीहरूलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images