images
images
  • शंकर ग्रपका अध्यक्ष शंकर अग्रवाल जेलमुक्त

    काठमाडौं– शंकर गु्रपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागले उनलाई छाडेको हो ।

    विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले अग्रवाललाई छाडिएको पुष्टि गरे । ‘बयानको काम सकिएपछि उहाँलाई छाडेका हौं,’ ठाकुरले भने ।

    केही दिनअघि मात्रै सम्पत्ति सुद्धिकरणको अनुसन्धानको क्रममा अग्रवाल पक्राउ परेका थिए ।

    शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ । यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो ।

    यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ ।

    आइतबार यही ग्रुपका सञ्चालक सुलभ खरेललाई पनि पक्राउ गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images