काठमाडौं– प्रहरी हिरासतमा रहेका कलाकार सागर लम्साल ‘बले’लाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ ।
आज म्याद थपको प्रक्रिया अघि बढाउनु अघि उनलाई बयानका लागि लगिएको हो ।
अमेरिकामा रहेकी एक महिला कलाकारले सामाजिक सञ्जालमा लेखेको स्टाटसका आधारमा उनलाई हिजो पक्राउ गरिएको थियो ।
प्रहरीले उनलाई हत्कडीसहित थुनुवा पोशाकमा सरकारी वकिल कार्यालय पुर्याएको छ ।
उनीविरुद्ध औपचारिक जाहेरी दर्ता नभएकाले शान्ति सुरक्षामा खलल पुर्याएको आरोपअन्तर्गत मुद्दा अघि बढाउने तयारी प्रहरीले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























