images
images
  • अबदेखि २ सार्वजनिक बिदा

    काठमाडौं– सरकारले पेट्रोलियम आपूर्तिमा उत्पन्न असुविधालाई मध्यनजर गर्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा लागू हुने यो निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय स्वीकृत गरेको हो ।

    प्रवक्ता पोखरेलका अनुसार, यो नयाँ बिदा व्यवस्था भोलि, चैत २३ गतेदेखि लागू हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images