काठमाडौँ– नेपालमा फोटोन मोटरका आधिकारिक वितरक एमएडब्लू वृद्धी कमर्शियलले ग्राहक सेवा र आफ्टर-सेल्स समर्थनलाई अझ सुदृढ बनाउन “फोटोन ईभी टोटल केयर क्याम्प” सञ्चालन गर्न लागेको छ। यस पहलले देशका प्रमुख क्षेत्रहरूमा गुणस्तरीय सेवा ग्राहकको नजिक पुर्याउने लक्ष्य राखेको छ।
यस अभियानअन्तर्गत, फोटोनले विद्यमान ईभी ग्राहकहरूलाई विशेष सुविधा र निःशुल्क सेवाहरू प्रदान गर्दै आफ्नो प्रतिबद्धता र आभार व्यक्त गर्दैछ।
क्याम्प दुई चरणमा सञ्चालन हुनेछ:
पहिलो चरण: पश्चिमी नेपाल – बुटवल, धनगढी, दाङ र सुर्खेतमा, चैत २२, २०८२ देखि बैशाख ४, २०८३ सम्म।
दोस्रो चरण: पूर्वी नेपाल – इटहरी र बिर्तामोडमा, बैशाख ६ देखि १७, २०८३ सम्म।
यो चरणबद्ध कार्यक्रमले विभिन्न क्षेत्रका ग्राहकलाई सहज रूपमा गुणस्तरीय सेवा र सहयोग उपलब्ध गराउनेछ।
क्याम्पका सहभागी ग्राहकहरूले पाउने विशेष सुविधा:
स्पेयर पार्ट्स, लुब्रिकेन्ट र लेबर चार्जमा १५% छुट
प्रत्येक सवारीसाधनको निःशुल्क निरीक्षण र ‘बम्पर-टु-बम्पर’ चेकअप
निःशुल्क वासिङ र ग्रिजिङ सेवा
यी सेवाले सवारीसाधनको कार्यसम्पादन सुधार, मर्मत खर्च घटाउन, र ग्राहकलाई सहज अनुभव प्रदान गर्न सहयोग पुर्याउनेछन्।
फोटोन नेपालले देशभर १४ भन्दा बढी सेल्स तथा सर्भिस सेन्टर विस्तार गरी आफ्टर-सेल्स सेवामा आफ्नो उपस्थिति मजबुत बनाउँदै आएको छ। एमएडब्लू वृद्धीको सहकार्यमा विकसित नेटवर्कले ग्राहकलाई विश्वासिलो र गुणस्तरीय सेवा नजिक पुर्याउने सुनिश्चितता दिन्छ। साथै, नेपालभर १६६ भन्दा बढी CCS2 टाइप DC फास्ट चार्जिङ पोइन्टहरू विस्तार गर्दै, फोटोनले ईभी प्रयोगमा ग्राहकको भरोसा बढाउँदैछ।
फोटोनको विश्वव्यापी “टोटल केयर” अवधारणाअनुसार, प्रत्येक क्याम्पमा दक्ष प्राविधिक, जेनुइन स्पेयर पार्ट्स र पारदर्शी प्रक्रिया मार्फत उच्चस्तरीय सेवा प्रदान गरिनेछ। एमएडब्लू वृद्धीले नेपालमा यस प्रतिबद्धतालाई व्यवहारमा उतार्दै, प्रत्येक ग्राहकका लागि विद्युतीय सवारीलाई सहज र निश्चिन्त बनाइरहेको छ।
सेवा बुकिङ: ९८०२३६७५०१ / ९८५१४१७१२२ वा नजिकैको फोटोन शोरूम वा सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोस्।
नेपालमा व्यावसायिक सवारीसाधन आपूर्ति गर्ने अग्रणी कम्पनी एमएडब्लू वृद्धी कमर्शियल फोटोन सवारीसाधनको आधिकारिक वितरक हो। कम्पनी उच्च गुणस्तरका सवारीसाधन र विश्वस्तरीय आफ्टर-सेल्स सेवा प्रदान गर्दै, ग्राहक सन्तुष्टिमा पूर्ण प्रतिबद्ध छ।























