images
images
  • फेवाताल किनारमा गृहमन्त्री गुरुङको अवैध जग्गा !

    पोखरा– पोखरा महानगरपालिकाले सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको ६५ मिटरभित्र पर्ने सबै संरचना भत्काउने काम थालेको छ ।

    यस क्रममा गृहमन्त्री सुधन गुरूङको २० रोपनी जग्गा पनि पर्दछ ।

    गृहमन्त्री गुरूङले मेयर धनराज आचार्यसँगको भेटमा आफ्नो जग्गा तालको मापदण्डभित्र पर्छ भन्ने नक्सा देखाउँदै ‘मेरो जग्गा जाने भए पनि ठिक छ, अतिक्रमण हटाउनुस्’ भनेका थिए ।

    तर, उक्त जग्गा दूषित रूपमा दर्ता भएको कारण सर्वोच्च अदालतको आदेशअनुसार दर्ता खारेज हुनेछ र मुआब्जा पाउने छैन ।

    मेयर आचार्यले यसबारे गुरूङलाई जानकारी गराइसकेका छन् ।

    अदालतको आदेशअनुसार २०३१ सालपछि दर्ता भएका दूषित जग्गा खारेज गरिने र पहिले दर्ता भएका जग्गामा मापदण्डअनुसार मुआब्जा दिई तालको नाममा ल्याइने व्यवस्था छ ।

    फेवातालको जलाधार र जैविक विविधता संरक्षण गर्न तालको मुहानतर्फको सिमसार क्षेत्रका अतिक्रमण हटाउन, पानी वा भूमिगत पानीको बहाव रोक्ने, ढुंगामाटो, बालुवा, व्यवसाय वा बसोबास बस्ती स्थापना गर्ने गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ ।

    प्रधानमन्त्री बालेन शाहको सरकारको १०० दिने कार्यसूचीमा पनि फेवातालको अतिक्रमण हटाउन प्राथमिकता दिइएको छ ।

    फेवातालको मापदण्डभित्र रहेका संरचना हटाउने र दूषित दर्ता भएका जग्गा छुट्याउने काम जारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images