काठमाडौं– शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको क्रममा पक्राउ गरिएको छ ।
अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार, अग्रवाललाई बयानका लागि नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार, उनलाई शुक्रबार राति नै पक्राउ गरिएको थियो ।
अग्रवाल पहिले पनि २०७६ सालमा ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बिक्री गर्ने प्रयासमा पक्राउ परेका थिए तर पछि तारेखमा छाडिएका थिए ।
यसअघि शुक्रबार समूहका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए ।
व्यापारी दीपक भट्टको पक्राउपछि विभागले समूहसँग जोडिएका अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान अघि बढाएको छ ।
शंकर ग्रुप नेपालको प्रमुख व्यावसायिक समूह हो, जसको मुख्य कम्पनी जगदम्बा स्टिल हो र यसले स्टिल, सिमेन्ट, जलविद्युत् र उपभोक्ता वस्तु क्षेत्रमा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























