images
images
  • जमिनमै इरान–अमेरिकी सैनिकबीच गोली हानाहान

    काठमाडौं– इरानमा खसालिएको अमेरिकी एफ–१५ लडाकु विमानका दुवै चालकदल सदस्यलाई उद्धार गरिएको छ ।

    केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हराइरहेका पाइलटहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको घोषणा गरेका छन् ।

    उद्धार अभियान कुन परिस्थितिमा सम्पन्न भयो भन्ने बारेमा अहिलेसम्म स्पष्ट विवरण उपलब्ध छैन ।

    तर, अभियानसँग जोडिएका एक स्रोतले यसलाई दक्षिणी इरानमा सञ्चालन गरिएको धेरै ठूलो कम्ब्याट सर्च एन्ड रेस्क्यू अभियान भएको बताएका छन् ।

    बीबीसीका अनुसार, उद्धारको क्रममा अमेरिकी र इरानी सेनाबीच झडप भएको थियो ।

    अमेरिकी सैनिकमाथि इरानी सेनाले गोली चलाएपछि झडप भएको थियो ।

    साथै, पाइलटहरू विमानबाट बाहिर निस्कँदा नै घाइते भएको सम्भावना पनि व्यक्त गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images