images
images
  • ट्रम्पलाई इरानको चेतावनी– आक्रमण गरे ‘नर्कको द्वार’ तिम्रो खुल्नेछ

    काठमाडौं– डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न र स्ट्रेट अफ होर्मुज खोल्न ४८ घण्टाको समयसीमा दिएपछि इरानी सेनाले कडा चेतावनी दिएको छ ।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्दै १० दिनको समयसीमा सकिन लागेकाले अब ४८ घण्टा मात्र बाँकी रहेको बताएका छन् ।

    उनले यस अवधिमा माग पूरा नभए इरानले नर्कको अवस्था भोग्नुपर्ने चेतावनी दिएका छन् ।

    यसको जवाफमा इरानी सशस्त्र बलको मुख्यालयका कमान्डरले अमेरिकाले आक्रमण गरे त्यसको कडा जवाफ दिइने बताएका छन् ।

    बीबीसीमा उनले भनेका छन्, ‘यदि अमेरिका आक्रमणमा उत्रियो भने हामी अमेरिकी सेना र उसका सहयोगी पूर्वाधारमाथि निरन्तर हमला गर्नेछौँ । यसको अर्थ नर्कको द्वार तिम्रा लागि खुल्नेछ ।’

    फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई आक्रमण गरेपछि सुरु भएको द्वन्द्व अझै जारी छ ।

    त्यसयता इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ ।

    जारी द्वन्द्वमा हालसम्म ५ हजारभन्दा बढीको मृत्यु भइसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images