दाङ– प्यूठानको ऐरावती गाउँपालिका–१ छेडाघाटमा मध्यराति लागेको आगलागीमा १३ वटा घर–गोठ जलेर नष्ट भएका छन् भने ८९ वटा चौपाया मरेका छन् ।
स्थानीय लक्ष्मण रानाको फुसको गोठबाट सुरु भएको आगो बस्तीभर फैलिँदा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
आगलागीमा घर, लत्ताकपडा, खाद्यान्न, नगद र गरगहना जलेर करिब ९३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त प्रयासमा बिहान करिब ७ बजे मात्र आगो नियन्त्रणमा आएको थियो ।
आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्























