images
images
  • इरानमा हराइरहेका अमेरिकी सैनिकको उद्धार : ट्रम्प

    वासिङ्टन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पहाडी क्षेत्रमा हराइरहेका एक अमेरिकी सैनिकलाई सफलतापूर्वक उद्धार गरिएको बताएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत अमेरिकी सेनाले कडा निगरानीबीच विशेष अपरेशन सञ्चालन गरी सैनिकलाई सुरक्षित स्थानमा ल्याएको जानकारी दिएका हुन् ।

    उद्धारका क्रममा अमेरिकी र इरानी सेनाबीच सामान्य भिडन्तसमेत भएको जनाइएको छ ।

    घाइते अवस्थामा भेटिएका सैनिकको अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

    यस घटनाले मध्यपूर्व क्षेत्रमा तनाव थप बढाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images