images
images
  • गगन विरुद्धको मुद्दा पेसी चढ्यो, सुनुवाइ पनि आजै

    काठमाडौं– नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ ।

    उक्त मुद्दा आजको सूचीको १२औँ नम्बरमा परेको छ।

    यसअघि चैत १ गते पनि पेसी तोकिए पनि पालो नआएकाले सुनुवाइ स्थगित भएको थियो ।

    त्यतिबेला रिट निवेदक तथा पूर्व उपसभापति पूर्ण बहादुर खड्का बहसका लागि अदालत पुगेका थिए ।

    आज भने दुवै पक्षका कांग्रेस नेताहरू अदालतमा उपस्थित हुने भएका छन् ।

    उपसभापति विश्वप्रकाश शर्मा पनि बहसका लागि सर्वोच्च अदालत जाने कार्यक्रम छ ।

    विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि र निर्वाचन आयोगले त्यसलाई मान्यता दिएपछि, उक्त निर्णयविरुद्ध खड्काले सभापति थापा, उपसभापति शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images