images
images
  • ओली–लेखक आज छुट्लान् ?

    काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकद्वारा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

    यसअघि सर्वोच्च अदालतले जारी गरेको कारण देखाउ आदेशपछि विपक्षी पक्षबाट लिखित जवाफ पेश भइसकेको स्रोतले जनाएको छ ।

    मुद्दाका आवश्यक सबै प्रक्रिया पूरा भइसकेकाले आज दुवै रिट सुनुवाइका लागि पेसीमा चढ्ने बताइएको छ ।

    जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।

    उक्त पक्राउ गैरकानूनी भएको दाबी गर्दै दुवै नेताले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । चैत १६ गते छुट्टाछुट्टै इजलासमा प्रारम्भिक सुनुवाइ हुँदा अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

    सोही आदेशअनुसार सरकार पक्षबाट लिखित जवाफ प्राप्त भइसकेकाले अब मुद्दामा आज विस्तृत बहस हुने भएको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images